माधवकुमार नेपाल र भीम रावल एमालेको साधारण सदस्यसमेत नरहने गरी निष्कासित

माधवकुमार नेपाल र भीम रावल एमालेको साधारण सदस्यसमेत नरहने गरी निष्कासित

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।

पार्टी र नेतृत्वविरुद्ध लागेको भन्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले नेपाल र रावललाई पार्टीबाट ६ महिनाका लागि निष्कासन गरेको पत्र पठाउनुभएको छ ।

यसअघि केन्द्रीय समितिको बैठकले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष ओलीले दुवै नेतालाई पार्टीबाट निष्कासन गर्नुभएको हो ।

निलम्बन गरिएकोबारे पत्रमा लेखिएको छ, ‘तपाईँले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला तथा पार्टीका कुभलो चितउनेहरुसँग निरन्तर बैठक, भेटघाट गर्ने र उनीहरुको पक्षपोषण गर्ने कार्य निरन्तर गरिरहनु भइ त्यस कार्यलाई निरन्तरता दिने स्वीकारोक्तिसहित अहङ्कार र आन्तकेन्द्रित कुराहरु उल्लेख गरी स्पष्टीकरणको जवाफ दिएको देखियो ।’

साथै यो सच्चिनका लागि अन्तिम मौका भएको पत्रमा भनिएको छ । आफ्ना विचार र क्रियाकलापहरु सच्याइ पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचैमा पनि निलम्बको अवधि घटाउने निर्णय गर्न सकिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *