बान्नीगढी जयगढ गाउँपालिका वडा नं १ गाज्रामा व्यक्तिगत घटना दर्ता अनलाइन शुभारम्भ

बान्नीगढी जयगढ गाउँपालिका वडा नं १ गाज्रामा व्यक्तिगत घटना दर्ता अनलाइन शुभारम्भ

अछाम: बान्नीगढी जयगढ गाउँपालिकामा वडा नं १ गाज्रामा व्यक्तिगत घटना दर्ता अनलाइन शुभारम्भ गरिएको छ।

सोमबार एक कार्यक्रमका बिच बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काको प्रमुख अाथित्यमा कार्यक्रम सुरु गरिएको हो।

कार्यक्रम बोल्दै गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले गाउँपालिकाले प्रबिधि प्रयोगलाई जोड दिदै आएको प्रविधि प्रयोग मार्फत पालिकाबासीलाई के कसरी सेवा दिन सकिन्छ भनी लागिपरेको बताए ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष हिरण्ड खड्काले अनलाइन मार्फत व्यक्तिगत घटना दर्ता गर्दा कागजातको सुरक्षा,भबिष्यमा दोहरो कागजातमा हुने समस्या अन्त बताए ।

कार्यक्रम मार्फत पहिलो घटना दर्ता प्रेरणा खड्का जन्म दर्ताको प्रमाणपत्र उनका हजुरबुवा चक्र खड्कालाई गाउँपालिका अध्यक्ष खड्काले प्रदान गरेका थिए ।

कार्यक्रम कार्यपालिका सदस्य आरति कुवर खड्का वडा सदस्य भरत सुनार ,पार्वती कडारा वडा बासी आम नागरिकको उपस्थिति रहेको थियोे भने कार्यक्रमको सञ्चालन वडा सचिव दुर्गा ढुंगानाले गरेकी थिईन।

मंगलबार गाउँपालिकाको वडा नं ३ वर्दादेवि र वडा नं ४ तिमिल्सैनमा सुरु गरिने गाउँपालिकाका एम आई एस अपरेटर बल बहादुर साउद जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *