कमलबजार नगरपालिका र सामान्य प्रशासन मन्त्रालय बीच पक्की सडक बनाउन सम्झौता

कमलबजार नगरपालिका र सामान्य प्रशासन मन्त्रालय बीच पक्की सडक बनाउन सम्झौता

अछाम  : अछामको कमलबजार  नगरपालिकाले प्रादेशिक एबम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रममा समझदारी पत्र (एमओयुमा) सम्झौता गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा धनगढीमा भएको एक कार्यक्रममा नगरपालिकाका नगर प्रमुख  ओम प्रकाश  बिष्टले साझेदारी पत्रमा हस्ताक्षर गरेका हुन ।

आइतबार प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री प्रकाशबहादुर शाहको उपस्थिति भएको कार्यक्रम हस्ताक्षर गरेका हुन । तीन वटै सरकारको संयुक्त लगानीमा सडक निर्माण गरिने छ । पालिकाको केन्द्र जोड्न स्थानीय तहको संयुक्त साझेदारीमा सडक निर्माण गर्ने जनाएको छ ।

प्रादेशिक एबम स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम अन्तर्गत गैरिटाड कमलबजार – सडक खण्ड आयोजना कार्यान्वयनका लागि नेपाल सरकार,प्रदेश सरकार र कमलबजार  नगरपालिका बिच  आयोजना कार्यान्वयन लागि नगरपालिकाको तर्फबाट समझदारी पत्रमा हस्ताक्षर गरिएको नगर प्रमुख ओम प्रकाश  बिष्टले  बताए । यो कार्यक्रम मार्फत पक्की सडक निर्माणकार्य अगाडि बढ्ने उनलेे बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *