अछामको विकट रहफमा सामुदायिक पशु सेवा केन्द्र कार्यालयको स्थापना

अछामको विकट रहफमा सामुदायिक पशु सेवा केन्द्र कार्यालयको स्थापना

अछाम :तुर्माखाँद गाउँपालिका वडा नम्बर १ रहफमा मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्क्षी बिकास कार्यक्रम भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र अछामको आयाेजना  एवं  पशुसेवा शाखाकाे सहजिकरणमा आम भेला तथा समन्वय समिति गठन गर्नुका साथै
सामुदायिक पशु सेवा केन्द्रको उद्घाटन गरिएको छ ।

जिल्ला  सदरमुकाम काम बाट निकै नै विकट मानिएको वडा नम्बर १ रहफमा सामुदायिक पशु सेवा केन्द्रको एक कार्यक्रमका बीच तुर्माखाद गाउँपालिका अध्यक्ष पुष्पराज शर्माले उद्घाटन गर्नु भएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि शर्माले यो कार्यालयले वास्तविक किशान हरुलाई पहिचान गरि सेवा प्रवाह गर्नेमा बिश्वस्त भएको बताए ।

यो कार्यालय बाट खोर निर्माण ,उन्नत जातका बोका बितरण ,उन्नत घाँस बितरण ,प्राबिधिक सेवा लगायतका विभिन्न सेवाहरु संचालन गरिने बताइएको छ ।

वडा नम्बर  १ का वडा अध्यक्ष थिर बहादुर रावल काे अध्यक्षतामा भएको कार्यक्रममा भेटेरिनरि अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र अछामका पशु चिकित्सक झनकदक्त ढुङ्गाना, अधिकृत  वाल्मिखि प्रसाद जैसी ,तुर्माखाद गाउँपालिका निमित्त  प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बुढा ,   पशुसेवा शाखा प्रमुख  जनक बहादुर बुढा लगायत स्थानीय जनप्रतिनिधि, समाजसेवी बुद्धिजीवी लगायतको उपस्तिथि रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *