दक्षिण एसियाली मुलुकमध्ये नेपाल दोस्रो शान्त मुलुक

दक्षिण एसियाली मुलुकमध्ये नेपाल दोस्रो शान्त मुलुक

दक्षिण एसियाका सात मुलुकहरुमध्ये नेपाल दोस्रो शान्त मुलुक भएको एक अध्ययनले देखाएको छ ।

ग्लोबल पिस इन्डेक्सले गरेको अध्ययन अनुसार दक्षिण एसियाका सात मुलुकहरुमध्ये नेपाल दोस्रो शान्त मुलुक भएको देखाएको हो । अध्ययनमा माल्दिभ्सको बारेमा भने केही उल्लेख गरिएको छैन । ग्लोबल पिस इन्डेक्स २०२० अनुसार यस क्षेत्रको पहिलो शान्त मुलुक भुटान हो भने सबैभन्दा धेरै अशान्त मुलुक अफगानिस्तान हो ।

संस्थाको विश्वव्यापी श्रेणीमा भुटान १९ औं स्थानमा रहेको छ भने नेपाल ७३ औं स्थानमा छ । सन् २०१९ मा नेपाल ७६ औं स्थानमा थियो । दक्षिण एसियाका अन्य मुलुकहरुमा भारत १ सय ३९ औं, पाकिस्तान १ सय ५२, बंगलादेश ९७, श्रीलंका ७७ र अफगानिस्तान १ सय ६३ औं स्थानमा रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *