राजनीतिक दलको सरकार बनाउने दौडधूप

राजनीतिक दलको सरकार बनाउने दौडधूप

संसद पुर्नस्थापनासँगै अब बस्ने पहिलो बैठक राजनीति हिसावले महत्वपूर्ण हुने छ ।

राजनीतिक खेलहरु त्यसअघि नै मैदानमा देखिने सुरु भइसकेका छन । प्रतिनिधिसभा पुर्नस्थापनासँगै नेकपामा दुवै समुहलाई वैधानिक रुपमा अप्ठयारो देखिन्छ । प्रचण्ड–नेपाल पक्षले यसअघि नै संसदमा प्रधनमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको छ ।

त्यो प्रस्ताब अब अगाडी बढनेछ । तर, ९२ जनाले हस्ताक्षर गरेर पछि ५ जनाले फिर्ता लिएको प्रस्ताव काँग्रेस सहितको सहभागितामा नयाँ रुपमा दर्ता गर्ने वा त्यसलाई नै अघि सार्ने आन्तरिक बहस सुरु भएको छ । अब आफु विरुद्धको अविश्वास प्रस्ताव फेल गराउन ओली र प्रस्ताव पारित गराएर नयाँ सरकार बनाउने बाटोमा प्रचण्ड–नेपाल जोडतोडले लाग्ने देखिन्छ । त्यसको सुरुवात संसदीय दलबाट भइसकेको छ । तर, कानूनी रुपमा नेकपा एक छ । र प्रतिनिधिसभामा बहुमतमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *