प्रजातन्त्र प्रतिको आम नागरिकको आस्थालाई कसैले पनि मेट्न सक्दैन–कैदी

प्रजातन्त्र प्रतिको आम नागरिकको आस्थालाई कसैले पनि मेट्न सक्दैन–कैदी

शुक्रबार ७० औँ राष्ट्रिय प्रजातन्त्र दिवस, बाँकेको कोहलपुरमा भव्य रुपमा मनाईएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रेम कैदीले प्रजातन्त्र आवधिक चुनाव र दल विशेष नेताको शासन प्रणाली नभएको बताएका छन् । कैदीले हरेक नागरिकले प्राप्त गर्ने सन्तुलित खुशीमा मात्रै प्रजातन्त्रको प्राण अटुट रहने भन्दै उनले देशको प्रतिष्ठा बढाउन हामी कत्तिको सफल भएको बताए ।

उनले प्रजातन्त्र प्रतिको आम नागरिकको आस्था, चाहना र जनभावनालाई कसैले पनि मेट्न नसक्ने उनको तर्क थियो । राजा र आम नागरिकको सहमतिबाट खडा भएको देशमा निषेध र विभेदको राजनीति सुरू गरिएकाले देश जटिलतामा फस्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।

कार्यक्रममा अग्नि शम्शेर शाहले साँचै नेपाली हो भने विदेशी हस्तक्षेप विरुद्धमा आवज उठाउन जरुरी रहेको बताएका छन् । उनले आक्रोसित हुँदै, देश निर्माणका लागि दलिय बिचार तथा खराब राजनीतिको विचारलाई कुलचिदिन आग्रह गरे । कार्यक्रमका अर्का अतिथी क्रषिकेश शाहले शिक्षा स्वास्थ्य सम्पुर्ण भौतिक बिकाश का लागि राष्ट्रिय एकता आवश्यक रहेको बताएका छन् ।

शाहले विगत लामो समय देखि बिदेशी हस्तक्षेपका कारण देशमा एक अर्कोमा तिक्तता छाईरहेको बताए । उनले अबपनि नेपाली जनता जागरुक नभए देश सकंटकालिन अवस्थामा जानसक्ने आशय व्यक्त गरे । बैदिक राष्ट्र एकता समाज नेपाल र सनातन बैदिक साधु सन्त रक्षा एकता समाज नेपालले आयोजना गरेको थियो । २००७ सालको फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो । यसैको जगमा २०६३ सालको वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो ।

यसै पृष्ठभूमिमा २०६५ सालको जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रुपमा स्थापित गरेको छ । दोस्रो संविधानसभाले २०७२ सालको असोज ३ गते संविधान घोषणा गरी कार्यान्वयन भएको छ । सबै परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएकाले पनि यसलाई विशेषरुपमा मनाउने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *