परीक्षामा टिकटक बनाउने विद्यार्थीको परीक्षा रद्द

परीक्षामा टिकटक बनाउने विद्यार्थीको परीक्षा रद्द

काठमाण्डौ : टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने एक जना विद्यार्थीको परीक्षा रद्द भएको छ ।

दैलेखको कालीका माविबाट कक्षा १२ को परीक्षा दिएका रोशनकुमार शाहीको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गएकाे मंसिरमा भएको परीक्षामा उनले परीक्षा दिएकै बेला टिकटक बनाएकाले उनको चालु खण्डको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यस्तै विद्यालयमा निरीक्षकका रुपमा खटिएका शिक्षक कमलबहादुर शाही र केन्द्राध्यक्ष चक्रबहादुर शाहीलाई पनि बोर्डले तीन वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी विभागीय कारबाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *