उपप्रमुख उपाध्यायको टोलि द्वारा चित्रे,दय सडक खण्डको अनुगमन

उपप्रमुख उपाध्यायको टोलि द्वारा चित्रे,दय सडक खण्डको अनुगमन

अछाम :मंगलसैन नगरपालिका अन्तर्गत वडा नम्बर ३ मा पर्ने चित्रे,दय सडकखण्डको एक टोलि द्वारा अनुगमन गरिएको छ ।


मंगलसैन नगरपालिका नगर उपप्रमुख एवं अनुगमन समितीका प्रमुख सरिता उपाध्यायको नेतृत्वमा गएको टोलिले
उक्त सडकखण्डको अनुगमन गरेको हो ।

संघिय,प्रदेश र स्थानीय सरकारको संयुक्त रूपमा २८ लाखको लागतमा निर्माण भइरहेको उक्त सडकको लागत रकम अनुसारको काम संतोषजनक भएको उपप्रमुख उपाध्यायले बताउनुभयो ।

अनुगमन टोलिमा मंगलसैन नगरपालिका वडा नम्बर ३ का अध्यक्ष पदमसिंह भाट,६ नम्बर का अध्यक्ष जनकराज भण्डारी ,योजना शाखा प्रमुख झनक अधिकारी ,
मंगलसैन नगरपालिका सुचना प्रबिधि अधिकृत पौरख कुमार बोगटी ,  राजस्व शाखा प्रमुख दिपक खड्का लगायतको उपस्थित रहेकोे थियो ।

 

Leave a Reply