सेयर गरौ ! भारतको अस्पतालमा उपचार पर्खिरहेका देवेन्द्र भण्डारी

सेयर गरौ ! भारतको अस्पतालमा उपचार पर्खिरहेका देवेन्द्र भण्डारी

अछाम : नशासम्वन्धी राेगले ग्रसित देवेन्द्र भण्डारीको उपचारका लागि सहयोगको अपिल गरिएको छ । अछाम मंगलसेन ०६ का १८ बर्षिय भण्डारी यतिबेला  उपचारका लागि भारतमा छन् ।

देवेन्द्र भारतको पुनेस्थित मेगाभिजन डाइग्नाेसिस्ट सेन्टरमा भर्ना भएपनि आर्थिक समस्याको कारण उनको उपचारमा समस्या भएको उनका अंकल हरि भण्डारीले बताए । अस्पतालले  भतिजको उपचारका लागि तत्काल रुपयाँ जुटाउन पर्ने बताएसंगै सहयोगी मनहरुलाई गुहार्नु परेको उनले बताए । 

सहयोग गर्न चाहने सहयोगी मनहरुका लागि देवेन्द्रका दाइ मोहन भण्डारीको राष्ट्रिय बाणिज्य बैंकमा रहेको खाता नम्बर ४४५०००५९७०१० मा सहयोग जम्मा गर्न सक्नुहुनेछ । थप जानकारी लिन उनका दाइ मोहनको फोन नम्बर  (९८६७७३७२७०) मा सम्पर्क गर्नसक्नु हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *