लोकतन्त्रको रक्षाका लागि काङ्ग्रेस सडक आन्दोलनमा उत्रिएको :नेता  शाह

लोकतन्त्रको रक्षाका लागि काङ्ग्रेस सडक आन्दोलनमा उत्रिएको :नेता  शाह

अछाम:प्रतिनिधिसभा विघटनको विरुद्ध नेपाली काँग्रेस तुर्माखाद गाउँकार्यसमिति द्वारा
प्रदर्शन गरिएको छ ।

गाउँकार्यसमितिका  उपसभापति  प्रताब बहादुर  शाहीको सभापतित्वमा भएको बिरोध सभाका
प्रमुख अतिथी नेपाली काङ्ग्रेस अछामका पुर्व पाटि सभापति एवं महासमिति  सदस्य पुष्प बहादुर शाह रहनु भएको थियो ।

प्रमुख अतिथिको आसन बाट बोल्दै सभापति शाहले प्रधानमन्त्री वलि र राष्ट्रपति बिधा देबि भण्डारीले गरेको  संसद बिगठन कार्य  असंवैधानिक ,अलोकतान्त्रिक भएको   बताएका छन् ।
वर्तमान केपि वलि नेतृत्वको सरकारले संसद बिगठन गरेर नेपाली जनताको लामो संघर्स बाट स्थापित संबिधान लाई तहसनहस पारी  लोकतन्त्रको धज्जी उडाएकोले नेपाली काङ्ग्रेस लोकतन्त्रको रक्षाका सडक आन्दोलनमा उत्रिएको बताए । देश र जनताइ अफ्ट्यारो महसुस हुँदा जहिले पनि काङ्ग्रेसको खाचो हुने गरेको उनले बताए ।

मुलुकमा दुई तिहाइको कम्युनिस्ट सरकार हुदा पनि कम्युनिस्टले सरकार चलाउन नसकेकोले अब कम्युनिस्ट बाट जनताले कुनै अपेक्षा नगरेको बताए ।

उक्त कार्यक्रममा विशिष्ट अतिथिको आसन बाट बोल्दै काङ्ग्रेस अछामकाजिल्ला  कार्यसमिति सदस्य  एवं तुर्माखाँद गाउँपालिका अध्यक्ष  पुष्पराज शर्माले

जनताले दिएको मतको कुनै कदर नै नगरी प्रधानमन्त्री ओलीको सिफारिसमा देशको अभिभावक समेत रहेकी राष्ट्रपतिल विद्या देवी भण्डारीले गरेको पुस ५ गतेको संसद विघटनको घोषणा गैर जिम्मेवारी भएको बताए । साथै उनले केपी वलि नेतृत्वको सरकार भ्रस्टाचारमा चुर्लुम्म डुबिसकेकोले सरकारले गरेका गलत कामको भण्डाफोर गर्न लाग्नु पर्ने बताए ।

कार्यक्रममा  जिल्ला  कार्यसमिति सदस्य दमन घर्ती,  चत्र बहादुर बयक ,बालबिर बिसी ,जिल्ला समन्वय समिति सदस्य तुल्सी चलाउने ,क्षेत्रीय सदस्य  कण बहादुर बयक , कबिराम बयक पुर्व गाउँ  पटि सभापति   पैला बुढा, गाेपाले बुढा , डिल बहादुर बयक  लगायको उपस्तिथि रहेको थियो । साथै प्रेम बयककाे नेतृत्वमा ३ दर्जन बढी नेकपाका नेताकार्यकर्ताहरु नेकपा परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेकाछन । नेपाली काङ्ग्रेस गाउँकार्यसमिति सदस्य प्रेम बहादुर बयकको पहलमा वडा नम्बर ५ का नेकपा गाउँ संगठन कमिटीका १८ जना,वडा नम्बर ३ बाट नेकपा गाउँ संगठन कमिटी सदस्य डम्बर बहादुर बुढा लगायत १४ जना गरि करिब तीन दर्जन नेताकार्यकर्ताहरु काङ्ग्रेस प्रवेश भएका हुन् । काङ्ग्रेस नेता भिमबहादुर चलाउनेको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम संचालन झन्कर बहादुर बुढाले गर्नुभएको थियो ।

 

 

Leave a Reply