बान्निगढी जयगढ गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत ढुंगानाको बिदाई

बान्निगढी जयगढ गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत ढुंगानाको बिदाई

पौष २८ अछाम:जिल्ला समन्वय समिती अछामका समन्वय अधिकारी तथा बान्नीगढी जयगढ गाउँपालिकाको प्रमुख प्रसासकीय अधिकृतको जिम्मेवारी सम्हालेका शैलेशराज ढुंगानाको बिदाई गरिएको छ ।

करिब २ बर्ष देखि जिल्ला समन्वय समिती र गाउपालीकाको अधिकृतमा काम गरेका ढुंगाना सुदुरपश्चिम प्रदेशको कार्यालयमा सरुवा भए पछि एक कार्यक्रमको आयोजना गरि बिदाई गरिएको हो ।

जिल्ला समन्वय समितीमा भएको बिदाई कार्यक्रममा समन्वय प्रमुख नर बहादुर कुवर, उपप्रमुख टोप बहादुर रावल, कार्यालयका कर्मचारीको सहभागीता रहेको थियो ।

बान्नीगढी जयगढ गाउपालीकामा अध्यक्ष राजेन्द्र बहादुर खड्काको अध्यक्षतामा भएको बिदाई कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले प्रमुख प्रशासकीय अधिकृत ढुंगानाले गाउँपालिकाका लागि कहिल्यै नबिर्सिने काम गरेको बताउनु भएको छ ।

उहाँले गाउँपालिका स्थित सबै नागरिकको सेवामा गाउँपालिका सदैव लागि परेको बताउनु भएको छ ।

बिदाई कार्यक्रममा बोल्दै प्रमुख प्रसासकीय अधिकृत ढुंगानाले काम गर्ने बेला विभिन्न क्षेत्रबाट सहयोग गर्ने सबै प्रती धन्यवाद दिनु भएको छ ।

Leave a Reply