राष्ट्रपति महारानी प्रधानमन्त्री ओलि तानाशाह बन्न खोजे काङ्ग्रेस नेता पाण्डे

राष्ट्रपति महारानी प्रधानमन्त्री ओलि तानाशाह बन्न खोजे काङ्ग्रेस नेता पाण्डे

अछाम.नेपाली कांग्रेसका केन्दिय सदस्य तथा युवा नेता बद्री पाण्डेले बताउनु प्रधानमन्त्री केपि ओलि अहिले आफुले के के न गरे जसरी अहिले निस्केर अबिनन्दन ग्रहण गर्न जिल्ला जिल्ला निस्केको बताएका छन ।नेपाली कांग्रेस अछाम क्षेत्र नं १ प्रदेश सभा ख को आयोजनामा संसद विघटन असवैधानिक कदम बिरुद्ध वृहत विरोध सभा जयगढमा बोल्दै सो   कुरा बताएका हुन ।

कार्यक्रमा प्रमुख अथितीको आसन बाट बोल्दै उहाँले राष्ट्रपति बिद्या देवि भण्डारीले केपी शर्मा ओलिले गर्ने हरेक सिफारिस लाइ हतार हतारमा पास गने गरेर महारानी बन्न खोजेको केपी ओलि तानासाह बन्न खोजेको बताए।

यस्तै सोही कार्यक्रमा बोल्दै नेता पाण्डेले भिम रावल नेकपाको प्रभावशालि नेता भएको तर अछामको लागि समेत केही गर्न नसेकेको बताए।

जव जव सरकार गठन हुन थाल्थो तेती बेला केपीले आर्कषक मन्त्रायल दिन्छन की भनेर चुप बस्ने अनि आर्कषक मन्त्रायल नपाउदा राष्ट बादीका कुरा गर्ने बताए।

कार्यक्रम विशिष्ट अथिति नेपाली कांग्रेस अछामका सभापति भरत कुमार स्वार रहनु भएको थियो । प्रदेश ख का सभापति डम्बर स्वारको सभापतित्वमा भएको  कार्यक्रममा नेपाली कांग्रेस अछामका पुर्व पार्टी सभापति मेगराज खड्का महासमिति सदस्य बल बहादुर कुवर ,राजन कुवर,अनुराधा स्वार,महाधिवेशन प्रतिनिधि टक्कर ताम्राकार ,नेपाली काङ्ग्रेस अछामका पाटी सचिव नम बहादुर शाहि ,क्षेत्र नम्बर २का क्षेत्रीय सभापति लक्ष्मण शाह,क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति कृष्ण बुढा ,पुर्व महाधिवेशन प्रतिनिधि अर्जुन ताम्राकार ,जिपि कोइराला फाउन्डेसन अछामका अध्यक्ष यज्ञराज ढुंगाना ,नेपाल विद्यार्थी संघ अछामका अध्यक्ष नृप साउद ,लगायतका नेताहरुले मन्तव्य राखेका थिए । चन्द्र सिंह लुहारको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन नेपाली काङ्ग्रेसका नेता पुर्ण बिकले गर्नु भएको थियो ।

Leave a Reply