सरकारको कदमविरुद्ध कांग्रेसको प्रर्दशन तयारी, कमलबजारमा पुर्ब पाटी सभापति शाह ले सम्बोधन गर्ने

सरकारको कदमविरुद्ध कांग्रेसको प्रर्दशन तयारी, कमलबजारमा पुर्ब पाटी सभापति शाह ले सम्बोधन गर्ने

अछाम :प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधी सभा विघटनको विरोधमा नेपाली कांग्रेसले अछाम लगायत देशभर प्रर्दशनको तयारी तिब्र पारेको छ । कांग्रेसको केन्द्रिय कार्यक्रम अनुसार यही पुस १३ गते नेकपा सरकारको असम्बैधानिक कदमविरुद्ध अछाम लगायत देशभर प्रर्दशन हुदैछ ।
कांग्रेसले ७७ वटै जिल्लाका प्रतिनिधी सभा निर्वाचन क्षेत्रमा प्रर्दशन गर्न लागेको हो । सोही कार्यक्रम अन्तर्गत नेपाली कांग्रेसले अछाममा पनि सरकारविरुद्ध प्रर्दशनको तयारी तिब्र पारेको छ । अछामको कमलबजारमा हुन लागेको प्रर्दशनमा कांग्रेसका अछामका पुर्ब पाटी सभापती पुस्प बहादुर शाह लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम तय भइसकेको नेपाली कांग्रेस क्षेत्र न २ का क्षेत्रीय सभापति लक्ष्मण शाहले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा अनिवार्य सहभागी भएर सरकारको भण्डाफोर गर्न कांग्रेस कार्यकर्ता तथा सर्बसाधारणलाई उहाँले अपिल गर्नु भएको छ । यही पुस १३ गते बिहान १२ बजे कमलबजारमा नेता शाहले सम्बोधन गर्ने कार्यक्रम छ ।

क्षेत्र नम्बर २ का सभापति लक्ष्मण शाहले पुस १३ गते कमलबजारमा पुगेर सरकारी कदमको विरोधमा उत्रन सम्पुर्ण नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो ।

Leave a Reply