विरोध प्रदर्शनलाई सशक्त बनाउने काँग्रेस कैलाली क्षेत्र नम्बर २ को तयारी

विरोध प्रदर्शनलाई सशक्त बनाउने काँग्रेस कैलाली क्षेत्र नम्बर २ को तयारी

गोविन्द बीसी,पौष ११/बौनिया—नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर २ ले विरोध प्रदर्शनलाई शान्तिपूर्ण र सशक्त बनाउने जनाएको छ । क्षेत्रीय कार्यसमितिको आयोजनामा पौष १३ गते हुने विरोध प्रदर्शनको तयारीका लागि आज छलफल समेत गरेको छ । विरोध प्रदर्शनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउने विषयमा चुहामा अनौपचारिक छलफल गरेको हो ।
कार्यक्रममा लम्कीचुहा नगरपालिका,मोहन्याल गाउँपालिका, जानकी गाउँपालिका, बर्दगोरिया गाउँपालिका विभिन्न वडाबाट नेताकार्यकर्ताको उपस्थित रहेकोे थियो ।
पार्टीका क्षेत्र, प्रदेश, नगर, गाउँ र वडा कार्यसमितिका सभापतिसहित नेताकार्यकर्ताको उपस्थितिमा भएको छलफलमा विरोध प्रदर्शन कार्यक्रमलाई सशक्त बनाउनुपर्ने धारणा राखेका थिए ।
वर्तमान केपी ओली नेतृत्वको सरकारले गरेको संसद विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै सरकारको अधिनायकवाद र सर्वसत्तावाद विरुद्ध सडकबाट विरोध र प्रदर्शन हुने बताइएको छ ।
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको पौष ९ गतेको निर्णयअनुसार संघीय निर्वाचन क्षेत्रमा विरोध सभा कार्यक्रम अन्तर्गत कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा सहभागिता जनाउन पार्टी पंक्ति र जनसमुदायलाई अपिल गरिएको छ ।
क्षेत्रीय सभापति भक्तबहादुर थापाले पौष १३ गते दिउँसो १२ बजे लम्की मोतिपुर चोकदेखि विरोध र्यालीसहित विरोध प्रदर्शनको हुने भएकाले उपस्थित भइदिन सबैमा आग्रह गरे । यसअघि संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध पुस १३ गते देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा क्षेत्रीय कार्यसमितिको आयोजनामा विरोध प्रदर्शन गर्ने कांग्रेस केन्द्रीय समिति जनाएको थियो ।

Leave a Reply