सूचना तथा प्रचार बिभाग कैलालीको संयोजकमा अयडी र सचिवमा ऐर

सूचना तथा प्रचार बिभाग कैलालीको संयोजकमा अयडी र सचिवमा ऐर

कञ्चनपुर , पुस १० :नेपाल प्रजातान्त्रिक महासंघ सूचना ,प्रविधि तथा प्रचार बिभागको कैलाली शाखाको संयोजकमा गगन अयडी र सचिवमा शेरबहादुर ऐरलाई मनोनयन गरिएको छ ।
प्रेस युनियन कैलालीका सदस्य , फोटो पत्रकार महासंघका उपाध्यक्ष तथा खेलकुद पत्रकारिता मंचका सदस्य अयडीलाई संयोजकमा र नेपाल प्रेस युनियन सदस्य एवं स्वास्थ्य पत्रकार मंच सुदुरपश्चिमका संयोजक शेरबहादुर ऐरलाई सचीवमा शुक्रवार मनोनयन गरिएको महासंघको सूचना , प्रविधि तथा प्रचार बिभाग केन्द्रिय संयोजक रोजी ढकाल पराजुलीले बताइन ।
शुक्रबार बिभागको कैलाली शाखामा सदस्यहरुमा कुसुम धामी , रतनलाल चौधरी , राजकुमार साउँद , विवश चौधरी , चन्द्रप्रसाद खनाल , पुष्कर पौडेल , बिरेन्द्र शाह , महादेव गिरी र नरेन्द्रप्रसाद चौधरीलाई मनोनयन गरिएको सूचना ,प्रविधि तथा प्रचार बिभाग सुदुरपश्चिम संयोजक दीपेन्द्र बस्नेतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *