वर्ल्ड भिजन र आस्था नेपालको परियोजना बारे सरोकारवालाहरुसंग छलफल

वर्ल्ड भिजन र आस्था नेपालको परियोजना बारे सरोकारवालाहरुसंग छलफल

अछाम :मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाँटिमा वर्ल्ड भिजन र आस्था नेपालको आयोजनामा वर्ल्डभिजन इन्टरनेसनल नेपाल र आस्था नेपालको साझेदारीमा सञ्चालित बाल स्पोन्सरसिप र बाल संरक्षण परियोजनाको वडा स्तरीय परियोजना बैठकमा सरोकारवालाहरुसंग परिचयात्मक कार्यक्रम तथा परियोजनाबारे जानकारी दिइएको छ ।

वडा नम्बर ३ को समन्वयमा भएको उक्त कार्यक्रम वडा अध्यक्ष केशर बहादुर शाहको अध्यक्षतामा सपन्न भएको थियो । कार्यक्रममा आस्था नेपाल अछाम र वर्ल्डभिजनद्वारा हालसम्म भएका कार्यक्रमका बारेमा समीक्षा र आगामी वर्ष संचालन गरिने बाल स्पोन्सरसीप परियोजना र बाल संरक्षण पैरवी परियोजनाको बारेमा जानकारी गराईएको थियो ।

समुदायका बालबालिकामा देखिएका समस्या, समुदायमा रहेका कुरिती, कुसस्कार, बाल बिबाह, बालश्रमलाई हटाउन के कस्ता अभियान र कार्यक्रम संचालन गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष शाहले समाज परिवर्तनकालागी आफु र आफ्नो वडामा परिवर्तन गर्नका लागि आस्था नेपाल र वर्ल्डभिजनसंग समन्वय गरेर अगाडी बढ्ने र उक्त कार्यक्रममा अध्यक्ष शाहले आगामी निकट दिन मै आस्था नेपाल र वर्ल्ड भिजन सङ्ग सहकार्य तथा साझेदारी गरेर मेल्लेख गाउँ पालिका वडा नम्बर ३ ठाँटिलाइ बाल मैत्री स्थानीय शासन लागु वडा घोषण गर्ने समेत बताउनुभयो

कार्यक्रममा वडा सदस्य टेक बहादुर शाह,बिपना बि क ,भाना देबि रावल, वडा सचीव गोबिन्द रावल,स्वास्थ्य चौकी ठाँटिका इन्चार्ज नरेन्द्र शाह, पिपलचौर माध्यामिक बिधालयका प्रअ झंकर बहादुर शाह, बालक्लब बाट जानकी सिँह , उपेन्द्र सिँह आस्था नेपालका बाल संरक्षण कार्यक्रमका फिल्ड अधिकृत भ्वान सिहँ सार्कि लगायतको सहभागीता रहेको कार्यक्रमको सहजीकरण आस्था नेपाल अछामका तपेन्द्र बिकले गर्नु भएको थियो । साथै वर्ल्डभिजन तथा आस्था नेपाल बाट मेल्लेख गाउँपालिकाका वडा नम्बर ४,५,६, र ७ मा ५ जना कोभिड १९ बाट प्रभावित तथा अति जोखिम परिवारका बालबालिका लाई खाद्यान्न बितरण गरिएको थियो ।

Leave a Reply