इन्भेष्टमेन्ट बैंकले गर्यो १८.५ प्रतिशत लाभांश घोषणा

इन्भेष्टमेन्ट बैंकले गर्यो १८.५ प्रतिशत लाभांश घोषणा

काठमाडौं :  नेपाल इन्भेष्टमेन्ट बैंक (एनआइबी)ले १८.५ प्रतिशत लाभांश घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको केही समय अघि बसेको बैठकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । गतवर्षको नाफाबाट आफ्नो १४ अर्ब २४ करोड ८९ लाख चुक्ता पुँजीको आधारमा २ अर्ब ६३ करोड ६० लाख रुपैयाँ बराबरको लाभांश वितरणको प्रस्ताव गरेको हो ।

उक्त लाभांशमध्ये १३ प्रतिशत बोनस सेयर र ५.५ प्रतिशत नगद वितरण गरिने बैंकले जनाएको छ । प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्। सो लाभांश वितरण भएपछि बैंकको चुक्ता पुँजी १६ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *