देवकोटा बन्धु समाजको जिल्ला अधिबेशन देवकोटमा हुने

देवकोटा बन्धु समाजको जिल्ला अधिबेशन देवकोटमा हुने

अछाम :देवकोटा बन्धु समाजको अधिबेशन देबकोटमा हुने भएको छ । देवकोटाहरुको उद्गम स्थल अछामको ढकारी गाउँपालिका वडा नम्बर ८ देबकोटमा हुने भएको हो ।

देबकोटा बन्धु समाज अछामको मिति २०७७ मंसिर ६ गते जिल्ला अध्यक्ष नवराज देबकोटाको अध्यक्षतामा बसेको बैठकले देबकोटाहरुको उद्गम स्थल देबकोटमा पौष ११ गते प्रथम अधिबेशन गर्ने निर्णय गरेको थियो । सोही सन्दर्भमा पौष ४ गते सनिवारका दिन समाजका अगुवा हिरा प्रसाद देबकोटाको अध्यक्षतामा बसेको बैठकले ढकारी गाउँपालिका स्तरको समिति गठन गरेको छ ।
केसब राज देबकोटाको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ । ११ गते हुने जिल्ला अधिबेशनलाई सफल पार्न विभिन्न उपसमिति हरु गठन गरिएकाछन।

जसमा केशव राज देबकोटाको संयोजकत्वमा ३ सदस्यीय मंच ब्यवस्थापन समिति ,पार्वती कुमारी जैसी ( देबकोटाक संयोजकत्वमा ३ सदस्यीय अतिथि सत्कार सेवा समिति ,हिराप्रसाद देबकोटाको संयोजकत्वमा ३ सदस्यीय आवास ब्यवस्थापन समिति ,प्रेम प्रसाद देबकोटाको संयोजकत्वमा ५ सदस्यीय संवयसेवक ब्यवस्थापन समिति गठन गरिएको समाजका केन्द्रिय सदस्य कृष्ण प्रसाद देबकोटाले जानकारी दिए ।

Leave a Reply