थप ७१० जनामा देखियो कोरोना

थप ७१० जनामा देखियो कोरोना

काठमाडौं:  पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५३ हजार १८४ जना पुगेको छ भने निको हुनेको संख्या २ लाख ४२ हजार ५६७ जना पुगेको छ ।

आज ११७५ जना संक्रमित निको भएका छन् भने १२ जनाको मृत्यु भएको छ । अब देशभर ८ हजार ८४० जना सक्रिय संक्रमित रहेका छन् भने मृतकको संख्या १७७७ पुगेको छ ।

Leave a Reply