सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाे अनुसार आज तोलामा ८ सय रुपैयाँले बढेर छापावाल सुनकाे मूल्य ९३ हजार १ सय रुपैयाँ पुगेकाे छ ।

मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन आज प्रतितोला रु ९२ हजार ६५० मा कारोवार भएको छ । मङ्गलबार भने रु ९१ हजार ८५० मा कारोवार भएको थियो ।

यस्तै, चाँदीमा पनि प्रतितोला रु ३० ले वृद्धि भएको छ । मङ्गलबार रु एक हजार २०० मा कारोबार भएको चाँदी आज भने एक हजार २३० मा कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *