सरकारले जनमैत्री काम गर्न सकेन : देउवा

सरकारले जनमैत्री काम गर्न सकेन : देउवा

प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले जनमैत्री र प्रभावकारी काम गर्न नसकेको आ’रोप लगाएकाे छ । ‘

कांग्रेस मकवानपुरले आज हेटौँडा आयोजना गरेको वि’रोध कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले जनताको माग र आवश्यकता अनुसार वर्तमान सरकारले काम नगरेको तथा कोभिड–१९ को असहज परिस्थितिमा समेत जनतालाई उचित उपचार र राहत दिन नसकेको आ’रोप लगाएका हुन्  ।

सो अवसरमा सभापति देउवाले भ्रष्टाचार रोक्न सरकारले प्रभावकारी कदम नचालेको पनि बताए ।  सोही सभालाई सम्बोधन गर्दै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले हरेक परिस्थितिमा कांग्रेसले जनताको पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको जनाउँदै कांग्रेसले सरकारले गरेको राम्रो काममा सहयोग गर्ने र जनताको विपक्षमा हुने काममा ख’बरदारी गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *