७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस अछाममा पनि मनाइयो

७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस अछाममा पनि मनाइयो

अछाम: महामारीमा मानव अधिकार : स्वास्थ्य सेवामा सबैको पहुँच विस्तार भन्ने राष्ट्रिय नाराका साथ अछाम जिल्लामा पनि ७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइएको छ ।

मानव अधिकार तथा शान्ति समाज अछामका अध्यक्ष हिक्मत बहादुर धामीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख बक्ता मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव मदनबहादुर कुवर रहनु भएको थियो ।

मंगलसैन खुल्ला मंच बाट सुरु गरिएको प्लेकार्ड सहितको र्याली बीच चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

सन् १९४८ डिसेम्बर १० तारिखमा संयुक्त राष्ट्रसंघको महासभाले मानवअधिकारको विश्वव्यापी घोषणा पत्र जारी गरेको दिनको सम्झनामा हरेक वर्ष विश्वभर यो दिवस मनाउने गरिन्छ । नेपालको संविधानले मानवअधिकारको सम्मान, संरक्षण, सम्वर्द्धन र प्रभावकारी कार्यान्वयनलाई सुनिश्चित गरेको छ । तर, मानवअधिकार रक्षाका प्रभावकारी काम हुन सकेको छैन । पछिल्लो समय सरकारले बलात्कार र एसिड आक्रमण गर्ने गराउने विरुद्ध ल्याएको कडा कानुनले केही आशा भने देखाएको छ । तर सशस्त्र द्वन्द अनि त्यसपछिको सङ्क्रमणकालमा पीडित भएका धेरैले न्याय नपाउँदा नेपालमा मानव अधिकारको बलियो जग बस्न बाँकी नै छ । शक्ति र राजनीतिक आडमा दोषीलाई कारबाही नहुँदा पीडित थप पीडामा पर्ने गरेका छन्  ।उक्त कार्यक्रमको संचालन मानव अधिकार तथा शान्ति समाज अछामका सहसचिव सुशील भण्डारीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *