अपर तामाकोशीकाे बजारमूल्य उचालिँदै, आयोजना सकिने निश्चित छैन

अपर तामाकोशीकाे बजारमूल्य उचालिँदै, आयोजना सकिने निश्चित छैन

काठमाडौं : शेयर बजारमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सेयरमूल्य उकालो लागेकाे छ ।

माथिल्लो तामाकोशीमा निरन्तर सकारात्मक सर्किट लाग्दै शेयरमुल्य मंगलबारसम्म ५ सय रुपैयाँ नाघेकाे छ । जुन अघिल्लाे साता ३ सय रुपैयाँ भन्दा कम मूल्यमा कारोबार भएकाे थियाे । यो दुई तिहाई भन्दा बढीको बढोत्तरी हो ।

पछिल्लाे केही समयदेखि दिनप्रतिदिन मूल्य उचालिँदै गएपनि आयोजनाको अवस्था हेर्दा उत्साहित हुने अवस्था भने छैन । आयोजना निर्माणको अन्तिम चरणमा रहेको यो कम्पनीले कहिलेदेखि व्यवसायिक उत्पादन थाल्छ भन्नसक्ने अवस्था छैन । तर, पछिल्लो पटक लिइएको पुस मसान्तदेखि परीक्षण उत्पादन थाल्ने लक्ष्य भने फेरि पनि पूरा नहुने निश्चित देखिएको छ ।

अपर तामाकोशी आयोजनाको भौतिक प्रगति ९९.५ प्रतिशत भन्दा बढी छ । आयोजनाको तेस्रो सुरुङ अन्तर्गत दुईवटा पाइप जडान गरेपछि आयोजनाको भौतिक प्रगति शतप्रतिशत पुग्छ । उक्त सुरुङमा पाइप जडान भएपछि आयोजना परीक्षण उत्पादनको चरणमा जानेछ । आयोजनाको अन्तिम गाँठोको फुक्न नसक्दा लामो समयदेखि आयोजनाको काम प्रभावित हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *