आइतबार घट्याे सुनको भाउ

आइतबार घट्याे सुनको भाउ

आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाली बजारमा केही दिन लगातार बढेकाे सुनकाे भाउमा सामान्य गिरावट भएकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा २०० रुपैयाँ घटेर ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९२ हजार २५० रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । साताको कारोबारको अन्तिम दिन शुक्रबार तोलामा १२१० रुपैयाँमा कारोबार भएको आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *