मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक, प्राेफाइलमा युवतीकाे तस्वीर

मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक, प्राेफाइलमा युवतीकाे तस्वीर

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको आधिकारिक फेसबुकपेज ह्याक भएको छ । पेज शुक्रबार बिहान ह्याक भएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले बताए।

मिश्रका अनुसार ह्याक कहाँबाट कसले गर्‍यो भनेर अनुसन्धान थालिएको छ । उनले मुख्यमन्त्रीको फेसबुकपेज ह्याक भएकाले अन्यथा कुराहरु पोष्ट हुन सक्ने भन्दै क्षमायाचना समेत गरेका छन् ।

अहिले मुख्यमन्त्रीको फेसबुक पेज इकमर्स पेजका रूपमा परिवर्तन भएको छ। पेजमा चिनियाँ भाषाको स्वास्थ्य वेबपोर्टल ntmrulr.cn लाई जोडिएको छ भने उक्त् वेवसाइटका सामग्रीहरु पनि सेयर गरिएको छ पेजको प्रोफाइल र कभर फोटो पनि फेरिएको छ।

मेरो फेसबुकका साथै मुख्यमन्त्री संचार सचिवालय र सिएम लालबाबु राउतको पेज ह्याक भएको हुँदा त्यस पेजहरु बाट अन्यथा कुराहरु पोष्ट हुन सक्ने भएकाले क्षमा प्रार्थी छौ ।

Posted by Aatish Mishra on Thursday, 3 December 2020

Leave a Reply