थप १३४३ जनामा देखियो कोरोना

थप  १३४३ जनामा देखियो कोरोना

पछल्लिो २४ घण्टामा देशभर थप १३४३ जनामा कोरोना भाइरस देखएिको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बितेको २४ घण्टामा ९ हजार २८९ जनाको पीसीआर परीक्षण भएकोमा १३४३ जनामा संक्रमण पुष्टि भएको छ ।   भने २ हजार १११ जना निको भएका छन् ।

यहिले कोरोनाभाइरस सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ जना पूगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय परीक्षण घट्नुका साथै संक्रमित निको हुने दरसमेत बढेपछि सक्रिय संक्रमितको संख्या घटेको बताइएको छ ।

मन्त्रालयका अनुसार हाल कोरोना निको हुने दर ९२.७ प्रतिशत रहेको छ । अर्थात बिहीबारसम्म कुल २ लाख ३७ हजार ५८९ जनामा संक्रमण पुष्टि भएकोमा २ लाख २० हजार २७२ जना निको भएका छन् । यस्तै हालसम्म १५५१ जनाले ज्यान गुमाएका छन् ।

मन्त्रालयको तथ्यांकअनुसार बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ५६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, झापा र मोरङमा ५०० भन्दा धेरै सक्रिय संक्रमित रहेका छन्। मनाङ र डोल्पामा भने संक्रमितको सङ्ख्या शून्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *