मालपोत कार्यालयविरुद्ध अदालतमा मुद्धा

मालपोत कार्यालयविरुद्ध अदालतमा मुद्धा

जिल्ला मालपोत कार्यालय सुर्खेत विरुद्ध उच्च अदालतमा रिट दायर गरिएको छ। कार्यालयमा सेवाग्राहीले सास्ती भोग्नुपरेको भन्दै अधिवक्ता शेरबहादुर खत्रीले रिट दायर गर्नुभएको हो । उक्त्त रिटमाथि आज उच्च अदालतमा बहस हुँदैछ ।

रिट निवेदनमा वीरेन्द्रनगर नगरपालिका, प्रदेश सरकार तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विपक्षी बनाइएको छ । अधिवक्ता खत्रीले मालपोतले सहजरूपमा सेवा नदिई सेवाग्राहीलाई अनावश्यक सास्ती दिएको , मालपोतको सेवा सुधार गर्न सरोकारवाला निकायले बेवास्ता गरेको र कर्मचारीले बिचौलियामार्फत सेवा प्रवाह गर्ने गरेकाले अदालतमा रिट दायर गर्नुपरेको बताउनुभयो । साबिकको क्षेत्रीय सदरमुकामसमेत रहेको प्रदेश राजधानीमा घरजग्गाको कारोवारमा अत्यधिक वृद्धि भएसँगै मालपोतमा सास्ती खेप्नुपरेको सेवाग्राहीको गुनासो छ ।

Leave a Reply