शेयर बजारमा नयाँ रेर्कड, यस्तो छ बुधबारको कारोबार

शेयर बजारमा नयाँ रेर्कड, यस्तो छ बुधबारको कारोबार

नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकले नयाँ रेर्कड कायम गरेकाे छ । साताको चौथो कारोबार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ७० अंक भन्दा माथिले उकालो लागेको छ । याेसँगै नेप्से सूचक २०७१.०२ विन्दुमा फर्किएर बन्द भएको छ।

बुधबार माइक्रोफाइनान्स उपसमूहको सूचक ७.९५ प्रतिशतले बढेको छ भने २३ वटा माइक्रोफाइनान्सको शेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ। जसमा जनउत्थान समुदायिक लघुवित्त, एनएमबी माइक्रोफाइनान्स, नेरुडे लघुवित्त, मिथिला लघुवित्त, विजया लघुवित्त, छिमेक लघुवित्त, लक्ष्मी लघुवित्तको शेयरमूल्य यस दिन १० प्रतिशतले बढेको छ।

दिनभर भएका ६० हजार ८ सय ४६ कारोबारबाट २०१ कम्पनीका १ करोड ५४ लाख १६ हजार ३ सय ८३ कित्ता सेयर किनबेच भएका छन् ।जसबाट कारोबार रकम ७ अर्ब ३७ करोड ४०लाख १७ हजार ९ सय रुपैयाँ पुगेको छ ।

बुधबार बैंकिङ समूह ६.३८, होटल ५१.१६, विकास बैंक २२.५९, हाइड्रोपावर ८८.९९, फाइनान्स ३.७६, निर्जिवन बिमा २४४.८२, उत्पादमूलक ३०३.१२, लघुवित्त २३२.५६, जीवन बिमा ६०८.७३ र म्युचुअल फण्ड ०.०४ अंकले बढेको छ ।

Leave a Reply