अदालतकाे आदेश विपरित स्काउट संयाेजक भण्डारीकाे मनपरि

अदालतकाे आदेश विपरित स्काउट संयाेजक भण्डारीकाे मनपरि

काठमाडौँ : नेपाल स्काउटकाे संयोजक लोकबहादुर भण्डारी रहेको तदर्थ समिति ६ महिना भित्र निर्वाचन गर्ने प्रयोजनका लागि २०७५ पुस १६ गते नियुक्त भएका हुन् । तदर्थ समितिले दैनिक प्रशासनको काम गर्ने र ६ महिना भित्र निर्वाचन सम्पन्न गर्ने हो । तर २ बर्ष हुन लाग्दा पनि निर्वाचन नगराई शक्ति र सत्ताको आडमा उनले कर्मचारी बर्खास्ती र  आसेपासेलाई नियुक्ति गर्ने र ठुला टेन्डर प्रक्रियामा समेत सहभागी भइ आर्थिक अनियमिततामा लागेकाे आराेप लागेकाे छ ।

भण्डारी यस अघिको तदर्थ समितिमा सचिव थिए । संयाेजककाे नियुक्ति लिएर आउना साथ  संगठन बुझेकाले उनले राम्राे काम गर्लान् भन्ने धेरैकाे अपेक्षा थियाे । तर, उनले संयाेजककाे जिम्मेवारी लिएर आउनासाथ ठिक उल्टाेे काम भएकाेे आराेप लागेकाेे छ ।
स्काउटको सम्पत्ती बहालमा लिएर उपयोग गरिरहेका व्यवसायीहरुबाट ठूलो मात्रामा रकमको असुली गर्न उर्दी जारी गर्ने र दिन इन्कार गर्ने व्यवसायीमाथि खनिने गरेकाे भन्दै उजुरी अदालतसम्म पुगेकाे थियाे ।  अहिलेको नेपाल स्काउटको विवाद पनि उनकाे व्यवसायीलाई अप्ठ्यारोमा पारेर असुली धन्दा चलाउने नियतकै कारण भएको स्काउटका एक कर्मचारी बताउँछन् ।

लामो समयदेखि स्काउटको जमिनलाई लिज भोगाधिकारमा लिएर प्रयोग गर्दै आएको खड्का ल्यान्ड डेभलपमेन्ट प्रा.ली.सँगको विवाद अदालतसम्म पुगेकाे थियाे । भण्डारीले मोटो रकम माग गरेको र उक्त रकम दिन खड्का      ल्यान्ड डेभलपमेन्ट प्रा.ली.ले अस्वीकार गरेका कारण प्रतिशोधको भावनाले जसरी पनि हटाउने र आफ्ना मान्छेलाई उक्त जमिन उपलब्ध गराउँछु भन्दै हिँडेको स्काउट स्राेतले बतायाे ।

सत्ताको आडमा पैसा कमाउने दाउमा लागेकाे भन्दै स्काउट भित्रै पनि असन्तुष्टी देखिन थालेकाे छ। संयाेजक भण्डारीले पहिलेको निर्णय मान्दिन अब स्थान खाली गर अन्यथा भत्काईदिन्छु भन्ने जस्ता धम्कीपूर्ण भाषामा पत्राचारहरु गर्ने ,दु:ख दिने कार्यहरू गरेपछि खड्का ल्यान्ड डेभलपमेन्ट प्रा.लीले काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेकाे थियाे । उक्त मुद्दामा दुवै पक्षको प्रमाण कागजातहरु बुझी सम्मानित काठमाडौं जिल्ला अदालतबाट मिति २०७६ असार १८ गतेको फैसला बमोजिम करार रहे सम्म पार्किङ दिन्न वा खाली गर भन्न नपाईने भनी स्पष्ट रुपमा आदेश फैसला भएकाे थियाे । फैसला चित्त नबुझे हद म्याद भित्र पुनरावेदन गर्नु भनी नेपाल स्काउटका नाममा आदेश भएकाे थियाे ।

तर, हद म्याद भित्र पुनरावेदन जाने बाटो अख्तियर गरेनन् । अदालतको आदेश मान्दिन र सरचना भत्काईदिन्छु भनी डोजर ल्याउने, गेटमा तालाबन्दि गर्ने, प्रहरी प्रशासन परिचालन गर्ने र गुन्डागर्दी गर्ने कार्यलाई निरन्तरता दिदै आएकाे व्यवसायीकाे गुनासाे छ । त्यसैको पछिल्लो कडिको रूपमा गत कार्तिक १ गते शनिबार फुलपातीको दिन करिव बिहान ४ बजेविद्युत ट्रान्सफर्मरमा लाईनबाट विद्युत सिस्टम कार्यालयको कम्पाउड भित्र सारी विद्युत आपूर्ति काटीदिएको र पानीको आपूर्ति समेत काटीदिएकाे एक व्यवसायीले जानकारी दिए । स्काउटजस्ताे सामाजिक संस्थाकाे संयाेजकबाट निन्दनीय र अमानवीय कार्य भएकाे भन्दै त्यहा ब्यबसाय गर्ने व्यवसायीहरुको समुह पानी र वत्तीको व्यवस्था नियमित गरिदिन माग गर्दै बिरोध पत्र दिन गएका थिए । तर, साे क्रममा व्यापक प्रहरी परिचालन गरि दमन गरिएकाे थियाे । त्यसपछि खड्का ल्यान्ड डेभलपमेन्ट प्रा.ली.ले पुनः पानी बत्ती सुचारुका लागि काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियाे । काठमाडौ जिल्ला अदालतले मिति २०७७कार्तिक २७ गते पानी, विद्युतको आपूर्ति नियमित गरिदिनु भनी नेपाल स्काउटका नाममा आदेश जारी गरिदिएको छ । तर, भण्डारीले अदालतकाे आदेशलाई नै चुनाैती दिँदै हालसम्म कार्यान्वयन गरेका छैनन् । उनले सत्ता र शक्तिको आडमा अदालतको आदेशलाई मान्दिन, कस्ले के गर्छ भन्दै हिड्ने गरेको स्रोतले जानकारी दियो । उनकाे व्यवहारबाट त्यहाँ व्यवसाय गरिरहेका व्यवसायी समेत आजित भइसकेकाे बताउँछन् । यसबारे बुझ्न खाेज्दा स्काउट प्रशासनले प्रतिक्रिया दिन इन्कार गरेकाे छ ।

Leave a Reply