आत्मह’त्याका घ’टनाहरु दिन प्रतिदिन बढ्दै 

आत्मह’त्याका घ’टनाहरु दिन प्रतिदिन बढ्दै 

सुशील भण्डारी,अछाम: पछिल्लो समय यता अछाम जिल्लामा आत्मह’त्याका घ’टनाहरु दिन प्रतिदिन बढ्दै गईरहेका छन । अछाम जिल्लामा २०७५÷७६ को तथ्यांक अनुसार १९ जनाले आत्मह’त्या गरेकाछन भने २०७६ ÷७ मा २२ जना र २०७७/७८ मा १५ जनाले आत्मह’त्या गरेकाछन ।  घ’टनाको प्रकृती हेर्दा अधिकांस घ’टना हरुमा आर्थिक कारण संग  जोडिएका छन भने कतीपय घ’टनाहरु  घरायसी कारणले,प्रेम सम्बन्ध बिग्रेर वा पारीवारीक सामाजिक कारणले प्रेम  वियोगमा परेर,स्वास्थ्य समस्या वा मानसिक समस्याका कारणले आत्मह’त्या गर्ने गरेको पाईएको छ ।


त्यस्तै पछिल्लो अवस्थामा नेपाली  समाजमा आत्मह’त्याका कारणहरु हेर्दा सामाजिक संजाल र संचार उपकरणहरुको ब्यापक दु’रुपयोग अर्काे महत्वपुर्ण कारण रहेको छ । बिगत तिन बर्षको अवधिमा अछाम जिल्लामा ५६ जनाले  आत्मह’त्या गरेकाछन । जस मध्ये २ जनाले बि’ष से’वन गरी र ५४ जना झु’ण्डीएर आत्मह’त्या गरेको बताईएको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय अछामको तथ्यांक अनुसार २०७५/७६ देखी २०७७/७८ को अहिलेसम्ममा कर्तव्य ज्या’नका १९, जब’रजस्ती क’रणीका २० र जब’रजस्ती क’रणी उद्योगमा १२ मु’द्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । आत्मह’त्या न्यु’नीकरण गर्नका लागी नेपाल प्रहरीले गाउँ ,टोल र बस्तीहरुमा गई बिभिन्न किसीमका जनचेतनामुलक क्रियाकलापहरु गर्दै आईरहेको छ । सो कार्य जिल्ला प्रहरी कार्यालय अछामले पनी गर्दै आईरहेको र हाल बिश्व भरी नै महामारीका रुपमा फैलिएको कोरोना भाईरस कोभि १९ को कारणर्ले  रोकिएको छ ।

कोरोना भाईरस न्युनीकरण भएमा यो अभियानलाई पुनः संचालन गरीने जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक योगेन्द्र सिंह थापाले बताउनु भयो । बिभिन्न कीसिमका आर्थिक क्रियाकलापहरुमा महिला हरुको पहुच हुने गरेको छैन । कुनै पनि ठाँउमा महिला  हरुको नेतृत्वद्धायी भुमीका र महिला हरुको आत्मसम्मान नहुनुले आत्मह’त्या गर्नु उनिहरुको अन्तिम बिकल्प हुने गरेको महिला अधिकारकर्मिहरु  बताउछन ।समाजलाई आर्थिक रुपमा रुपान्तरण गरेरे रोजगारका अवशरहरु सृजना गर्न तर्फ राज्य नै संबेदनशिल भएर लागेमा आत्मह’त्याका घ’टनामा कमी हुन सक्छ ।

Leave a Reply