श्रीमती जलाउने गिरफ्तार

श्रीमती जलाउने गिरफ्तार

धादिङ : नीलकण्ठ नगरपालिका– ११ ज्यामरुङकी २० वर्षीया पुुजा परियारलाई तातो तेल ज्या’नमा खन्याएर मा’र्न खोजेको आ’रोपमा उनका पति २४ वर्षीय अस्विन परियारलाई प्रहरीले प’क्राउ गरेको छ ।

घरमा बसिरहेकी श्रीमतीलाई तेल तताएर शरिरमा खन्याएपछि पुजा सख्त घाइते भएका छन् । उनकाे टाउको, ढाड, घाँटी, गोडा र हातमा पोलेको छ । घाइतेको कीर्तिपुर मोडेल अस्पतालमा उपचार भइरहेको र आरोपितलाई गिरफ्तार गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले बताए ।

आरोपितविरुद्ध प्रहरीले ज्यान मा’र्ने उद्योगअन्तर्गत मुद्धा दर्ता गरेको छ । घ’टना प्रकृतिअनुसार मुद्धामा अनुसन्धान हुने र कसुर अनुसारको अदालतले स’जाय गर्ने प्रहरीले जनाएको छ ।

Leave a Reply