राप्ती प्राविधिक शिक्षालयलाई राजनीति गर्ने अखाडा नबनाउन नेबिसंघको आग्रह

राप्ती प्राविधिक शिक्षालयलाई राजनीति गर्ने अखाडा नबनाउन नेबिसंघको आग्रह

लुम्बिनी प्रदेशको दाङ जिल्ला स्थित राप्ती प्राविधिक शिक्षालयमा शैक्षिक पठनपाठन सुरु हुँदै आएको लामो समय बितिसकेको छ। शिक्षालयलाई प्रदेश सरकारको राजनीति अखाडा बनाउन खोजेर एकाएक अत्याधुनिक २२ वटा भवनहरु व्यबस्थित पुर्वाधारहरु प्रयोगात्मक शिक्षा संचालित कार्यक्रमहरु लाई अन्य ठाउँ सराउन खोजिएको र अन्य ठाउँमा कुनैपनी स्थानान्तरण गर्ने तरिकाले जायज नभएको भन्दै नेपाल विद्यार्थी संघ सिटिईभिटि केन्द्रिय समन्वय समितिले ध्यानाकर्षण गरेको छ । समितिका अध्यक्ष महेन्द्र जंग शाही द्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ । सरकारले दाङ स्थित राप्ती प्राविधिक शिक्षालयलाई स्थानान्तरण गरेर प्रदेश सरकार राख्ने र पुर्बाधार सम्पन्न शिक्षालय भवनलाई राजनीतिक अखाडा बनाउने किसिमको समाचार प्रती गम्भीर ध्यानाकर्षण भएको छ।
३ बर्ष सम्म सरकारले कार्यालय बनाउन नसक्ने र पुर्बाधार सम्पन्न शिक्षालयलाई राजनीति गर्ने अखाडा नबनाउन संघले आग्रह गरेको छ।

सर्बसुलभ सहुलियत शुल्कमा गुणस्तरीय शिक्षा देखी पठनपाठन बन्चित गराउन खोजिनु अब्यबहारिक पद्धति भएको बिज्ञप्तिमा उल्लेख छ । साथै बिना योजना स्थानान्तरण गर्ने बिषयको जताततै व्यापक बिरोध भईरहेका बेला शिक्षालयलाई राजनीति गर्ने अखाडा नबनाउन सुझाव गर्दै बिद्यार्थी माथी अन्याय गर्ने सरकार विरुद्ध सशक्त आन्दोलनको तयारी गर्ने    नेपाल विद्यार्थी संघ सि •टि• इ• भि•टि केन्द्रिय समन्वय समितिका बिद्यार्थी नेता प्रवक्ता विनोद शाही ठकुरीले जानकारी दिए ।

Leave a Reply