पूर्वसभामुख महराकी पत्नीको कोरोनाबाट निधन

पूर्वसभामुख महराकी पत्नीको कोरोनाबाट निधन

काठमाडौं : कोरोनाभाइरसको संक्रमणबाट पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको नि’धन भएको छ । कोरोनाको संक्रमण पुष्टि भएर नर्भिक अस्पतालमा उपचारका क्रममा उनको बुधबार बिहान ६ः२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ।

दसैँमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौँ ल्याइ नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो।

नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो। विगत १० वर्षदेखि उनी माइस्थेनिया नामक रोगबाट पीडित थिइन् ।

Leave a Reply