काङ्ग्रेस तिमिल्सैनको क्रियासिल बितरण तथा नवीकरण कार्यक्रम सम्पन्न:नेकपा परित्याग गरि एक दर्जन काङ्ग्रेस प्रवेश

काङ्ग्रेस तिमिल्सैनको क्रियासिल बितरण तथा नवीकरण कार्यक्रम सम्पन्न:नेकपा परित्याग गरि एक दर्जन काङ्ग्रेस प्रवेश

अछाम :नेपाली काङ्ग्रेस बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सैनको क्रियासिल बितरण तथा नवीकरण कार्यक्रम सम्पन्न भएको छ ।

वडा सभापति भुपेन्द्र खत्रीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि पुर्व पाटि सभापति मेघराज खड्का रहनु भएको थियोे भने विशिष्ट अतिथि नेपाली काङ्ग्रेसका पुर्व महाधिवेशन प्रतीनिधि
एवं दलित संघका पुर्व अध्यक्ष अर्जुन ताम्राकार , पुर्व महाधिवेशन प्रतिनिधि तिलक खत्री रहनु भएको थियो । कार्यक्रममा ७४ जनाको नवीकरण र ७४ जनाको नयाँ क्रियाशिलका लागि सिफारिस गरिएको छ ।
त्यस्तै कार्यक्रममा पुर्व पाटी सचीव टेकबहादुर साउद प्रदेश सभा ख का सभापति डम्बर बहादुर स्वार,नेपाली काङ्ग्रेस बान्निगढी जयगढ गाउँपालिका संयोजक चन्द्र सिङ लुहार,
नेपाली काङ्ग्रेसका युवा नेता एवम् बान्निगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र खड्का,काङ्ग्रेस नेता एवम् वडा नम्बर ४ का अध्यक्ष कर्ण बहादुर ठकुल्ला,
कार्यपालिका सदस्य केसर बिक,यसोदा बोहरा,  काङ्ग्रेस पुर्व जिल्ला सदस्य कृष्ण खड्का , प्रेम प्रसाद तिमिल्सैना लगायत नेताकार्यकर्ता उपस्थित रहेको थियो ।

तुल्सी खनाल जैसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन गाउँकार्यसमिति सचिव तपेन्द्र ठकुल्लाले गर्नु भएको थियो ।

साथै कार्यक्रममा नेपाल कम्युनिस्ट पाटी परित्याग गरि कालू बोहरा ,रेसम ठकुल्ला ,शन्कर बोहरा,दिपेन्द्र ठकुल्ला लगायत १ दर्जन बढी नेताकार्यकर्ता काङ्ग्रेसमा प्रवेश भएका छन ।

Leave a Reply