६५ औं प्रहरी दिवसको अवसरमा अछामका प्रहरी नायव उपरीक्षक थापा सम्मानित

६५ औं प्रहरी दिवसको अवसरमा अछामका प्रहरी नायव उपरीक्षक थापा सम्मानित

अछाम :नेपाल प्रहरीको ६५ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव  उपरीक्षक योगेन्द्र सिंह थापा सम्मानित भएकाछन ।

६५ औं नेपाल प्रहरी दिवसमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले प्रहरी नायव  उपरीक्षक योगेन्द्र सिंह थापालाइ विभिन्न क्षेत्रमा योगदान दिएको भन्दै उत्कृष्ठ प्रहरी कर्मचारीको रूपमा नगद पुरस्कार र सम्मानपत्र सहित सम्मानीत गरिएको हो ।

दिवसको अवशरम प्रहरी नायब उपरिक्षक थापा सहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा कार्यरत अन्य २७ जना प्रहरी कर्मचारीलाई पनि उनीहरुले गरेको कामको उच्च मुल्यांकनका साथ सम्मानित  गरिएको छ  ।
सम्मानित हुनेमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक मुकुन्द मरासिनी,बैतडी जिल्ला प्रहरीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारी लगायत २७ जना प्रहरी कर्मचारी रहेकाछन ।

त्यस्तै नेपाल प्रहरीको ६५ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय अछामले आयोजना गरेको
कार्यक्रममा उत्कृष्ट काम गरेको भन्दै प्रहरी निरीक्षक लोकेन्द्र गुरु लगायत अन्य प्रहरी जवान सम्मका विभिन्न चौकीमा कार्यरत प्रहरीलाई सम्मान र पुरस्कृत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *