युवा सजगता अभियान सुदूरपश्चिम प्रदेशले पुर्णता पायो

युवा सजगता अभियान सुदूरपश्चिम प्रदेशले पुर्णता पायो

युवा ( सजगता ) अभियान  सुदुरपश्चिम प्रदेशले पुर्णता पाएको छ । युवा सजगता अभियानका सुदुरपश्चिम प्रदेश संयोजक भुवन भट्टले  सोमबार  एक बिज्ञप्ति जारि गर्दै प्रदेश कार्यसमिति बिस्तार भएको जनाएका हुन ।

अभियानका प्रदेश  सचिवमा अछाम जिल्लाबाट धर्मेन्द्र क्षेत्री ,सहसचिव बाजुराबाट  अर्जुन पाण्डे ,सदस्य
अछामबाट महेश जैशी ,कैलालीबाट गणेश भण्डारी , कंचनपुरबाट राकेश पाण्डे ,लोचन कार्की ,डडेल्धुराबाट आशा जोशी र बैतडी जिल्लाबाट भागरथी भट्टलाई मनोनीत गरिएको छ ।

युवा सजगताअभियानले देशभर अभियान विस्तार गर्दै युवाहरुलाई नेतृत्व तथा व्यक्तिव विकाससँगै विभिन्न सिपमुलक तालिम सिकाउने, प्रशिक्षित गर्ने,सामाजिक कार्य गर्दै आएको छ ।सामाजिक विकास बाट नै राष्ट्रको उन्नती सम्भव छ भन्ने उदेश्यका साथ अभियान सञ्चालनमा आइरहेको अभियानका संयोजक चिन्तन पौडेलले बताउनु भयो । ‘युवामा भएको राजनीतिप्रतिको वितृष्णा कम गराउने, स्वदेशमै रोजगारीको सिर्जना गर्ने प्रेरित गर्ने, सिपमुलक तालिम र व्यावसायीक दक्ष जनशक्ति निर्माण गरि उद्यमशिल बनाउने अभियानको लक्ष्य रहेको उहाले बताउनु भयो ।

Leave a Reply