बाढीले तहसनहस बनेका भौतिक संरचनाहरुको पुनः निर्माणमा जुटे गाउँपालिका अध्यक्ष साउद

बाढीले तहसनहस बनेका भौतिक संरचनाहरुको पुनः निर्माणमा जुटे गाउँपालिका अध्यक्ष साउद

अछाम :यतिबेला रामारोशन गाउँपालिका अध्यक्ष झन्कर साउद रामारोशन गाउँपालिकामा भाद्र २ गते आएको अबिर बर्षा संगै आएको बाढी पहिरो बाट तहसनहस बनेका भौतिक संरचनाहरुको पुनः निर्माण गर्ने पहलमा जुटेकाछन ।

बर्षा संगै आएको बाढी पहिरोले तहसनहस बनेको जयगढ रामारोशन सडक खण्ड ,जलविद्युत र अन्य भौतिक संरचना हरुको पुनः निर्माण गर्न
प्रमुख एजेन्डा बनाएर लागिपरेको अध्यक्ष साउदले बताए ।

अहिले बिनासकारी बाढीले तहसनहस बनाएका कैलाशखोला आसपासका भुभागको डिपीआर तयार गर्ने काम भइरहेको छ ।

जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाको वडा नम्वर ६ दर्नाको गजडबजार देखि रामारोशन सम्मको क्षत्रमा थप क्षति हुन नदिन तटबन्धन गर्नका लागि डिपीआर तयार गर्न लागिएको साउदले बताए ।

प्रभावित क्षेत्रको डिपीआर एक हप्ता भित्र सक्ने गरी शुक्रबारबाट रामारोशनको गजडबजार र दर्नाको पाटेखेतबाट सर्भेको काम सुरु भईसकेको उहाँले बताउनुभयो ।

काठमाण्डौँको कस्मीक ईन्जिनियरिङका अध्यक्ष तथा ईन्जिनियर खकेन्द्र कुमार साउदको नेतृत्मा ६ जना र गाउँपालिकामा कार्यरत ईन्जिनियरहरुको टोली सर्भेमा खटिएका छन ।

गाउँपालिकामा बाढी पीडीतलाई विभिन्न निकाय र संघसंस्थाहरुले राहात सहयोग गरीरहेको भन्दै कस्मिक ईन्जिनियरिङका अध्यक्ष ईन्जिनियर साउदले आप्नो कम्पनीले पनि पालिकालाई राहत स्वरुप सर्भेको लागि सहयोग गर्ने बताउनुभएको छ । प्रभावित क्षेत्रमा के कती क्षेती भयाे भन्ने बिषयमा सबै सर्बेक्षण गरिसकेपछी मात्र थाहा हुने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *