जैसी समाजद्वारा प्रवासमा भव्य रूपमा मनाइयो तीज कार्यक्रम

पुणे।
जैसी समाजद्वारा प्रवासमा भव्यतापूर्वक हरितालिका तीज कार्यक्रम मनाइएको छ। कार्यक्रममा समाजका महिला दिदीबहिनीहरूले पारम्परिक नाचगान प्रस्तुत गरेका थिए भने पुरुष दाजुभाइहरूले पनि गीत–संगीतमार्फत मनोरञ्जन थपेका थिए। साथै देउडा खेल प्रस्तुत गरी सबैलाई रमाइलो गराइएको थियो।
कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटीका पूर्व आमन्त्रित सदस्य खगेन्द्र जैसी रहेका थिए भने विशिष्ट अतिथिका रूपमा नेपाली कांग्रेस म.न.पा.– नगर कार्यसमिति सदस्य बिनिता ढुंगाना जैसी र म.न.पा.–७ वडा कार्यसमिति सचिव जन्मराज जैसी रहनु भएको थियो ।दिपिका भण्डारी जैसीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन मदन प्रसाद जैशिले गर्नुभएको थियो ।
कार्यक्रममा पत्रकार दिपा भण्डारी,खड्का समाजका प्रतिनिधि छत्रबहादुर खड्का , प्रवासी संघ भारतका प्रतिनिधि भुमीराम ढुंगानाले मन्तव्य राख्नुभएको थियो।
कार्यक्रम शान्त र अनुशासित वातावरणमा सम्पन्न गर्न आयोजकले भारत सरकार मातहतको सम्बन्धित निकायबाट प्रहरी अनुमति लिएको थियो।
कार्यक्रमका सभाध्यक्ष तथा जैसी समाजका अध्यक्ष रमेश प्रसाद जैसीले पुनाभित्र रहेका सम्पूर्ण इष्टमित्र, संघ–संगठन तथा समाजका दाजुभाइहरूको उपस्थिति र अनुशासित सहभागिताका लागि धन्यवाद प्रकट गर्नुभयो। उहाँले, “यो हाम्रो पहिलो कार्यक्रम हो, यसमा करिब ३०० देखि ४०० जनाको उल्लेखनीय उपस्थिति रह्यो, जसले हामीलाई अझै ठूलो ऊर्जा दिएको छ,” भन्नुभयो।आगामी दिनमा पनि सामाजिक हित, संस्कृति र परम्पराको जगेर्नाका लागि निरन्तर सक्रिय रहिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
समाजले सम्पूर्ण संघ–संगठन, विशिष्ट व्यक्तित्वहरूलाई औपचारिक निमन्त्रणा पत्र पठाएको र सबैको सक्रिय सहभागिताले कार्यक्रम अझ सफल बनेको आयोजकले जनाएको छ।