अछाममा करेन्ट लागेर १ जनाको मृत्यु ५ जना घाइते

साउन ३१, अछाम
अछाममा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
जिल्लाको बान्निगढी जयगढ गाउँपालिका -१ जयगढ बजार स्थित बर्दादेवी मन्दिर नजिक
कृष्णजन्माष्टमीको अवसरमा लाग्ने मेलाको तयारी स्वरूप सार्वजनिक स्थलमा नेपालको राष्ट्रिय झण्डा गाड्ने क्रममा उक्त झण्डाको फलामे पाइप बिजुलीको ३ फेज तारमा छुदा करेन्ट लागेको हो ।
करेन्ट लागेर घाइते भएका मेल्लेख गाउँपालिका – ७ नन्देगडा निवासी १६ वर्षिय रोहित साँउदको उपचारको क्रममा बयालपाटा प्रादेशिक अस्पताल अछाममा मृत्यु भएको हो ।
त्यस्तै घाइते अन्य ५ जना बान्निगढी जयगढ – ६ निवासी १८ वर्षका समिर शाह , वर्ष १७ को बिनोद रावत , वर्ष २० को बम शाह साँफेबगर नगरपालिका – ४ मुगसैन निवासी १६ वर्षिय लवशन सुनार र रामारोशन गाउँपालिका – ६ भाटाकाटीया निवासी १६ वर्षिय शमशेर साउँदको बयालपाटा प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो ।
घाइते ५ जनाको अव्यवस्था सामान्य रहेको प्रनाउ खनालले बताउनुभयो ।