अछामको मंगलसेन नगरपालिका सामुदायिक वनमा फोहोर फाल्दै

अछामको मंगलसेन नगरपालिका सामुदायिक वनमा फोहोर फाल्दै

अछाम: अछामको मंगलसेन नगरपालिकाले आफ्न्नो नगरको फोहोरको व्यवस्थापन गर्न नसक्दा समस्या उत्पन्न भएको छ ।

मंगलसेन बजार भित्रको सबै फोहोर लिएर मध्यपहाडी राजमार्ग अन्तर्गत ठुलासैन- मंगलसेन सडक खण्डमा पर्ने पालेबन सामुदायिक बनमा फाल्दा समस्या भएको हो ।

मंगलसेन नगरपालिका -६ को मानव बस्तीको बीचमा नगरपालिकाले डम्पिङ साइट निर्माण गरेको थियोे । मानिस हरुलाइ असर हुने भएपछि उक्त डम्पिङ साइट अलपत्र अवस्थामा छ ।

पालेवन सामुदायिक बन क्षेत्रमा अहिले फोहोरको थुर्पो देख्न सकिन्छ । बजार क्षेत्रबाट निस्किने फोहोर अहिले जंगलको सडक छेउछाउमा थुपारिएको छ । घरबाट निस्कस्ने फोहोर मात्रै होइन पसल, होटेलबाट निस्किने फोहोर प्लास्टिक, बोइलर कखुराको भुत्ला, मदिराका बोतलहरु लगायतका फोहोरले वन क्षेत्र दुर्गन्धित एवम् फोहोर भएको छ ।

यसरी जताभावी फोहोर फालिँदा जंगल नै कुरुप मात्र होइन, स्वास्थ्यको जोखिम पनि बढेको त्यो बाट आवतजावत गर्ने नागरिकहरुले बताएका छन ।

कुहिने र नकुहिने फोहोर एकै ठाउँमा हुँदा झन सडक आसपासमा दुर्गन्ध फैलिने गरेको छ  । थुपारिएको फोहोरमै स्यालहरु जम्मा हुने गरेकाछन ।

फोहोर हटाउनर त्यहा नफाल्न पालेवन सामुदायिक वन उपभोक्ता समितीको बैठक बाट निर्णय गरि पटकपटक नगरपालिका लाई पत्राचार गर्दा पनि नगरपालिकाले कुनै सुनुवाइ नगरेको पालेवन सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष यज्ञ प्रसाद ढुंगानाले बताउनुभयो । करिब १ वर्ष देखी फोहोर त्यहा फाल्ने गरेको अध्यक्ष ढुंगानाको भनाइ छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले   पहिलैदेखि सोही क्षेत्रमा फोहोर व्यवस्थापन गरिदै आएको थाहा पाएको बताउनुभयो । सो बारेमा आफू बिस्तृत बुझ्ने बताउनुभयो ।

Leave a Reply