नेपाली सेनाको गोरख बक्स गणद्वारा हेलिप्याड निर्माण गरी गाउँपालिकालाइ हस्तान्तरण

नेपाली सेनाको गोरख बक्स गणद्वारा हेलिप्याड निर्माण गरी गाउँपालिकालाइ हस्तान्तरण

अछाम : नेपाली सेनाको अछाम जिल्ला स्थित गोरख बक्स गणले हेलिप्याड निर्माण गरेर गाउँपालिकालाइ हस्तान्तरण गरेको छ ।
जिल्लाको बान्निगढी जयगढ गाउँपालिकाको आर्थिक सहयोग र गोरख बक्स गणको प्राविधिक सहयोगमा हेलिप्याड निर्माण गरिएको गणपति प्रमुख सेनानी संगम अधिकारीले जानकारी दिनुभयो ।

बान्निगढिमा अवस्थित बर्दादेवीको डाडामा हेलिप्याड निर्माण गरिएको हो ।

बिपद तथा आपतकालीन समयमा उद्दार संगै प्रभावित क्षेत्रमा हेलिकप्टर मार्फत राहत सामग्री ढुवानी गर्नुका साथै नागरिक र सैनिक बिचको सम्बन्धलाई निकट एवं मजबुत बनाउने उदेश्यका साथ गोरख बक्स गण अछामले वान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउदलाई एक औपचारीक कार्यक्रमका विच हेलिप्याड हस्तान्तरण गरेको हो ।

अछामको पर्यटकीय एवंम धार्मीक क्षेत्र वर्दादेवि मन्दिरको प्रचार प्रसारको लागि टेवा पुग्ने बताउनुभयो । बान्निगढी जयगढ गाउँपालिका अध्यक्ष साउदले बताउनुभयो ।

बान्निगढी जयगढ गाउँपालिकाको डेढ लाख रुपैया बराबरको सामग्री सहयोग र गोरख बक्स गणबाट ५० जना सैनिकले निरन्तर खटेर ३ दिनसम्म श्रमदान गरेर हेलिप्याडको निर्माण गरिएको हो ।

Leave a Reply