एक दिने निशुल्क विशेषज्ञ स्वास्थ शिवीर चौरपाटीमा सम्पन्न

अछाम : अछामको चौरपाटी गाउँपालिकामा एक दिने निशुल्क विशेषज्ञ स्वास्थ शिवीर सम्पन्न भएको छ । उक्त शिविरको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काले शुक्रबार उद्घाटन गर्नुभएको हो ।
शुक्रबार सुरु भएको मेरो मुटु स्वस्थ्य मुटु विशेषज्ञ स्वास्थ्य शिविरको मन्त्री खड्काले उद्घाटन गर्दै विशेषज्ञ सहितको शिविर भएकाले भरपुर लाभ उठाउन र रोगको उपचार गर्न आग्रह गरेका छन् । मन्त्रीले खड्काले स्वास्थ्य सेवा जनताको पहुँचमा पुर्याउन यस्ता शिविरहरु प्रभावकारी हुने बताए ।
उनले दुर्गममा विशेषज्ञ चिकित्सकहरुको अभावका कारण यहाँका स्थानीयहरुले रोगको उपचार गर्न नपाएको र आर्थिक समस्याका कारण महंगो उपचार सम्भव नहुँदा बेलामा बेलामा संचालन हुने यस्ता खालका शिविरले फाईदा पुगेको बताए ।
स्वास्थ्य निर्देशनालय डोटीको आयोजना, मायामेटाे अस्पताल धनगढीको सहकार्य स्वास्थ्य कार्यालय अछामको समन्वय र चौरपाटी गाउँपालिकाको सहयोगमा शिविर संचालन भएको हो ।
शिविरमा मुटु रोग,जनरल फिजिसियन,स्त्रीरोग, बालरोग, हाडजोर्नी तथा नशारोग,मानसिक रोग विशेषज्ञ, फिजियोथेरापी, ईसिजि, प्रयोगशााला, आयुर्वेद,परिवार नियोजन सेवा तथा महिलाहरुको पाठेघरको मुखको क्यान्सर परिक्षण सेवा प्रदान गरिएको स्वास्थ्य निर्देशनालय डोटीका प्रमुख डाक्टर खगेन्द्र बमले जानकारी दिए । विभिन्न रोगका ३२८ जनाले सेवा लिएका उनले बताए ।