गोरख बक्स गण अछामले भूतपूर्व सैनिक सम्मेलन गर्दै

अछाम : नेपाली सेना जङ्गी अड्डाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा “भूतपूर्व सैनिक
सम्मेलन-२०८१” हुने भएको छ ।
सोही अवसरमा श्री गोरख बक्स गण अछामले पनि अछाम जिल्लामा बसोबास गरी सोही जिल्लाको बैंकबाट पेन्सन बुझिरहेका नेपाली सेनाका भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिहरुलाई २०८१ साल चैत्र ७ गते सम्मेलनमा उपस्थिति गराउने भएको हो ।
भूतपूर्व सैनिक सम्मेलनमा उपस्तिथि हुन मिति २०८१ साल फागुन महिना ९ गतेबाट चैत्र महिना २ गतेसम्म नजिकको सैनिक व्यारेकमा सम्पर्क गर्न सकिने छ ।
दर्ताको लागी पेन्सन पट्टा तथा सोको प्रतिलिपि प्रति १ (एक) ,पासपोर्ट साईजको फोटो प्रति २ (दुई) आवश्यक पर्नेछ । त्यस्तै सम्मेलनमा पेन्सन पट्टावाला स्वयम् उपस्थित हुनुपर्ने,सम्मेलनमा उपस्थित हुन नसक्ने भू.पू. सैनिकहरुको हकमा शारीरिक अस्वस्थताको कारण उपस्थित
हुन नसक्ने भनि प्रमाण पेश गरेमा श्रीमतीले पेन्सन पट्टा लिई सम्मेलनमा सहभागि हुन पाउने ,शारीरिक रुपमा अशक्तहरुले मात्र सम्मेलनमा सहयोगी ल्याउन सक्ने । गोरख बक्स गण अछामले जनाएको छ ।
सम्मेलनको बारेमा जानकारी लिनको लागी श्री गोरख बक्स गणको टेलिफोन नं. ०९७६२०२३३ र डिउटी अधिकृतको मो.नं. ९८४७६९०७७२ मा सम्पर्क गर्न सकिनेछ ।