कांग्रेस बदल्न यहीँभित्र लड्नुपर्छ, बाहिर गएर ढुंगा हान्ने होइन : गगन थापा
सडक मिडिया
चैत्र २०, २०७९ १५:२०:३९ • ४५१ पटक पढिएको

२० चैत, तनहुँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी बदल्न कांग्रेसमै रहनुपर्ने बताएका छन् ।
उपनिर्वाचनमा तनहुँ १ का उम्मेदवार गोविन्द भट्टराईको मनोनयन दर्ता कार्यक्रममा पुगेका महामन्त्री थापाले बाहिरबाट ढुंगा हानेर कांग्रेस बदल्न नसकिने बताए ।
‘कांग्रेस बदल्न चाहन्छौं, बाहिर गएर कांग्रेसलाई ढुङ्गा हानेर कांग्रेस बदलिन्छ ?’ उनले भने, ‘कांग्रेस बदल्न त्यही भित्र लड्नुपर्दछ, त्यो संघर्ष गर्ने हो ।हालै कांग्रेस छाडेका अर्थशास्त्री डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ १ मा नै उम्मेदवार बनेका छन् । उनीप्रति लक्षित गर्दै थापाले भने, ‘घुम्दै घुम्दै आएका टुरिस्ट उम्मेदवारलाई यहाँका जनताले भन्नुपर्छ कांग्रेस जो आयो त्यसले बजाउने चोकमा राखेको मादल होइन ।’
सिफारिस