राजनीतिलाई जनताका लागि काम गर्ने अवसरको रुपमा लिएको छु, जित्नेमा ढुक्क छु : रावल

राजनीतिलाई जनताका लागि काम गर्ने अवसरको रुपमा लिएको छु, जित्नेमा ढुक्क छु : रावल

अछाम। सुरक्षाकर्मीको पृष्ठभूमि भएका नेपाली कांग्रेस अछामका नेता मानबहादुर रावल पहिलो पटक निर्वाचन लड्दै छन्। आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा अछाम क्षेत्र नं. २ को प्रदेश सभा ‘ख’ बाट राव चुनावी प्रतिस्पर्धा गर्दैछन्।

राजनीतिमा लामो बिरासत नभए पनि आफूले गरेका कामले उनी जनतामाझ लोकप्रिय छन्। खासगरी उनले रोजगारीको क्षेत्रमा उल्लेख काम गरेका छन्। अछामका तमाम युवाहरूलाई उनले रोजगार दिइसकेका छन्।

(एसएसपी) भएका उनले सोही पदबाट अवकास पाए।

शाही शासन कालमा उनलाई कांग्रेस नेताको छोरा भन्दै शाही शासनकाल घोषणा भएको २४ घण्टामै काठमाडौंबाट नेपालगञ्ज सरुवा गरियो। सो शासनकाल २ वर्ष सम्म चल्यो। जसको मारमा रावल परे। कार्यसम्पादनमा जहिल्यै पहिलो हुने रावललाई शाही कालको सरकारले बढुवा रोकेर उनीभन्दा तेश्रो नम्बर बरियताका रमेशचन्द्र ठकुरीलाई नेपाल प्रहरीको आईजीपी बनायो।

दोस्रो नम्बरका रमेशचन्द्र ठकुरी पछि त तेस्रो नम्बरका रवीन्द्रप्रताव शाह पनि आइजीपी बने तर रावल भने डीआइजीसम्म पनि पुग्न सकेनन्। उनी भन्छन्,’मेरो काम प्रहरीमा कम भएको भए जहिल्यै पहिलो नम्बर आउँदैन थिए होला तर सबै क्षेत्रबाट रोक्ने प्रयास भयो। आईजीपी हुन नदिने खेल भयो, पहिलो नम्बरमा हुँदा पनि पछि पारियो। त्यसपछि कार्यअवधी पनि सकियो र अवकास पाँए।

बाबु कांग्रेस भएकै कारण शाही सरकारले १ नम्बर एसएसपी रावललाई त्यही रोकेर दोस्रो, तेस्रो नम्बरका सबैलाई आइजीपी बनाएको थियो।

यस्तो छ रावलको राजनीतिक यात्रा

प्रहरी सेवाबाट अवकास पाएपछि रावललाई उनका बुबाले राजनीतिमा अघि सारे। मानबहादुर बुबा वृद्ध भएपछि २०६३ रावल नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भए। जुन बेला अछाम जिल्लामा माओवादीको दबदबा थियो, कांग्रेसको संगठन थिएन्।

उनले भने,’त्यो बेला बाडा, बस्ती लगायतका क्षेत्रमा गएर संगठन निर्माणमा लागे। गोविन्द बहादुर शाह पछि पहिलो व्यक्ति मै हुँ जो बाडा, बस्ती, मलातिकोट, ढकारी लगायतका गाँउमा गएर कांग्रेसको संगठन निर्माण गर्ने।

गाँउमा १० जना पनि कांग्रेस हुदैन् थिए।’ आफूले सबै ठाँउमा संगठन निर्माण र विस्तार गरेकाले आज अछामभरी कांग्रेस मौलाएको उनले दाबी गरे। आज एकसय एक नेता कार्यकर्ता देखिएकाले आफूलाई गर्व लागेको उनले सुनाए।

नेता रावल कांग्रेसको १२ औं महाधिवेशनमा महासमिति सदस्य भए। त्यसपछि पनि पार्टीको राजनीतिमा सक्रिए रहेका रावललाई यतिबेला पार्टीले टिकट दिएर चुनाव लडाएको छ। ‘त्यसै पनि कांग्रेसको संगठन बलियो छ। दोश्रो कुरा यसपटक हामी गठबन्धनमा छौँ उनले भने,’यसपटक जित्नेमा ढुक्क छु।

पार्टीको आन्तरिक चुनावमा जो जता तिर लागेपनि अहिले हामी सबै एक ठाँउमा उभिएका छौँ। पार्टीको आन्तरिक चुनावमा भएको यो पक्ष वा उ पक्षको कुरालाई विर्सिएर कांग्रेस जिताउन लाग्न उनले सबैमा अपिल पनि गरे।

रावलले गरेका काम र आगामी योजना

आफू कुनै कार्यकारी वा जिम्मेवार पदमा नहुँदा पनि विगतमा जनताको पक्षमा थुप्रै काम गरेकाले नै आफ्नो जित्ने बलियो आधार भएको उनले सुनाए। कैलाशखोला, वलिगाँउ, जुपु बान्नातोली, रामारोशन र सदरमुकामबाट रामारोशन सड्क आफ्नै नेतृत्वमा बनेको उनले दाबी गरे।

विनायक- कर्णालीमा समेत ०५६ सालमा नै कर्णाली बेलखेतको सड्क निर्माण पनि आफ्नै नेृतत्वमा भएको भन्दै रावलले विगतमा गरेका काम र भावी योजनाले आफूलाई जितका लागि सहज हुने दाबी गरे।

‘कुनै पनि अछामी रोजगारीको लागि म कहाँ जान्छ भने त्यो मेरो जहिल्यै प्राथमिक्तामा पर्‍यो। मैले आफ्नो तर्फबाट रोजगारी दिलाउन हरप्रयास गरेको छुँ। अबको लक्ष्य भनेको सम्रग अछामको विकासका साथै जिल्लाबासी जनतालाई खुशी र सुखी दिलाउन प्रयत्न रहनेछ।

त्यसका लागि योजनाबद्ध भएर अघि बढ्नेछु। मैले राजनीतिलाई कुनै नाफाको रुपमा लिएको छैन। यसलाई जनताका लागि काम गर्ने अवसरको रुपमा लिएको छु। बाँकी रहेको जीवन अछामी जनताका पक्षमा काम गरेर समर्पित गर्ने मन छ।

विदेशीका युवाहरूलाई जिल्लामै व्यावस्थापन गर्ने, गाँउघरका सड्क कालोपत्रे गर्ने, खानेपानीका समस्या सधैँका लागि समाधान गर्ने, जिल्लामै स्वरोजगारका कार्यक्रम ल्याउने लक्ष्य रहेको उनले सुनाए। त्यसैका लागि मतदाताले एकपटक अमुल्य मत दिएर जिताउनेमा आफू ढुक्क रहेको उनले सुनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *