गएको ५ बर्षमा नगरमा पोषणको अवस्थामा सुधार भयो : मेयर चलाउने

गएको ५ बर्षमा नगरमा पोषणको अवस्थामा सुधार भयो : मेयर चलाउने

पन्चदेवल बिनायक नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउनेले नगरपालिकाले गएको ५ बर्षमा पोषणको क्षेत्रमा उल्लेख्य प्रगती गरेको बताएकी छन । उनले पालिकामा करेसाबारी सुधार भएका कारण गर्भवती महिला र बालबालिकाको पोषणमा सुधार भएको बताएकी हुन । वाक नेपालद्वारा सन्चालित पावर र भकारी परियोजनाको अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै नगर प्रमुख चलाउनेले गैरसरकारी संस्थाले नीति तथा कार्यबिधी निर्माणमा प्राबिधिक सहयोग गरे काम गर्न सहज हुने बताएकी हुन ।
कार्यक्रमा प्रमुख अतिथि रहनु भएकी नगर प्रमुख चलाउनेले अबको ५ बर्ष भित्र पालिकामा बिकास निर्माणले तिब्रता पाउने दाबी गरिन । उनले जनताको जिबिका सुधारका लागि आफुले निजि क्षेत्र सङ्ग सहकार्य गर्ने बताईन ।

कार्यक्रममा अध्यक्षता गरेका नगर उपप्रमुख हर्क बहादुर रावलले पालिका र गैरसरकारी संस्थाबिच साझेदारिमा गरिने काम बढी प्रभावकारी हुने दाबी गरे ।
सोही कार्यक्रममा वाक नेपालका संचालक समिती महासचिब अप्सरा कुवरले वाक नेपालले गर्ने हरेक क्रीयाकलापले स्थानिय सरकारलाई मजबुत बनाउने बताईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *