अछामका ९१ वडा मध्ये ११ वडाको परिणाम सार्वजनिक : मुलिमा स्वतन्त्र उम्मेदवार विजयी

अछामका ९१ वडा मध्ये ११ वडाको परिणाम सार्वजनिक : मुलिमा स्वतन्त्र उम्मेदवार विजयी

अछामका ९१ वडा मध्ये ११ वडाको मत परिणाम सार्वजनिक भएको छ । जसमा काग्रेस पहिलो, माओवादी केन्द्र दोस्रो र एमाले तेस्रो स्थानमा रहेका छन । नेपाली काग्रेस ५, नेकपा माओवादी केन्द्रले ३ र एमालेले २ वडा जित हासिल गरेको छ ।

जसमा तुर्माखाँद गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका उपेन्द्र रावल, मंगलसेन नगरपालिका १३ बस्तिमा हिक्मत बोगटी, कमलबजार १० मा भिम बहादुर बिष्ट, बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर १ गाँज्रामा गजेन्द्र खड्का, ढकारि ८ मा उद्धवराज उपाध्यायले काग्रेस तर्फबाट जित हासिल गरेका छन ।त्यसैगरि रामाोशन गाउपालिका १ मा चक्र साउद, वडा नम्बर २ मा मीन परियार र बान्निगढी ६ मा जगत थापा नेकपा माओवादी केन्द्रको तर्फबाट विजयी भएका छन भने कमलबजार नगरपालिका वडा नम्बर १० मा कमल बजगाई र ढकारी गाउपालिका वडा नम्बर ७ मा राम थापा नेकपा एमालेको तर्फबाट विजयी भएका छन । कमलबजार नगरपालिका वडा नम्बर १ मुलिमा स्वतन्त्र उम्मेदवार भक्त बहादुर बोहरा विजयी भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *