काठमाडौं प्रवेश गर्नेले क्वारेन्टिनमा बस्नैपर्ने

काठमाडौं प्रवेश गर्नेले क्वारेन्टिनमा बस्नैपर्ने

काठमाडौं : काेराेना भाइरसकाे संक्रमण बढिरहेका बेला काठमाडौं उपत्यका प्रवेशमा कडाइ गरिने भएकाे छ । अब उपत्यका गर्नेहरुले अब अनिवार्य रुपमा क्वारेन्टिन वा होम आइसोलेसनमा बस्नुपर्ने भएको छ ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार जारी गरेको आदेशमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेकाले अब उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने जनाइएको छ ।

कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रुपमा फैलिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको सोमबार बसेको संयुक्त बैठकले उपत्यकामा वैशाख १६ गतेदेखि २२ गते मध्यरातिसम्म एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *