देशको मुख्य मुद्दा ओली हैन, ओली प्रवृत्ति हो – बाबुराम भट्टराई
 
						जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देशको मुख्य मुद्दा व्यक्ति ओली हैन, ओली प्रवृत्ति भएकाे बताएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले ओली प्रवित्ती अहिलेको मुख्य मुद्धा भएकाले काँध थाप्ने काम गर्न नहुने तर्क गरेका हुन् । उनले आन्तरिक बिवादका कारण नेकपामा छाएको संकटका बेला प्रधानमन्त्री ओलीले प्रतिपक्षी दल नेपाली काँग्रेससँग सत्ता साझेदारको प्रस्ताव राखेको प्रसंगमा केन्द्रीत ट्वीट गर्दै याे बताएका हुन ।
उनले ट्विटमा लेखेका छन् ‘आज देशको मुख्य मुद्दा व्यक्ति ओली हैन, ओली प्रवृत्ति हो। व्यक्तिको रूपमा मलाई पनि ओली धेरै मनपर्ने मान्छे हुन्। तर ओली प्रवृत्ति यतिवेला प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक हो। अग्रगमनको मुख्य वाधक हो। यो एउटा पार्टीको मुद्दा मात्र हैन। कुनैपनि वहानामा यसलाई कॉध थाप्ने गल्ती नगरौं ।’
आज देशको मुख्य मुद्दा व्यक्ति ओली हैन,ओली प्रवृत्ति हो।व्यक्तिको रूपमा मलाई पनि ओली धेरै मनपर्ने मान्छे हुन्।तर ओली प्रवृत्ति यतिवेला प्रतिगमन,कुशासन,अल्पविकासको मुख्य वाहक हो।अग्रगमनको मुख्य वाधक हो।यो एउटा पार्टीको मुद्दा मात्र हैन।कुनैपनि वहानामा यसलाई काॅध थाप्ने गल्ती नगरौं!
— Baburam Bhattarai (@brb1954) November 23, 2020
 
                            
 
                         
                        




